KANYA CAMPUS POKHARA

स्नातक प्रथम बर्ष तथा सेमेष्टरमा भर्ना भएका छात्राहरुको स्वागत तथा स्नातक तह पूरा गरेका छात्राहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

कन्या क्याम्पस पोखरामा स्नातक प्रथम बर्ष तथा सेमेष्टरमा भर्ना भएका छात्राहरुको स्वागत तथा स्नातक तह पूरा गरेका छात्राहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिवलाल मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । प्रमुख अतिथी मल्लले छात्राहरुले अध्ययनका साथसाथै व्यवसाय स्थापना गर्नका लागि क्याम्पस तथा सरोकारवालाहरुको समन्वयमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । छात्राहरुले बिभिन्न सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको उक्त कार्यक्रममा क्याम्पस प्राध्यापक संघका सभापति दिननाथ अधिकारी, अतिरिक्त क्रियाकलाप समितिका संयोजक उपप्राध्यापक अर्चना यादव, छात्राकल्याण समितिका सचिव पुजा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्याम्पसमा अध्ययनरत तथा स्नातक उत्तिर्ण गरेका छात्राहरुले क्याम्पसको गुणस्तरीय शैक्षिक बातावरणले गर्दा निकै खुशी लागेको बताए । उक्त कार्यक्रमलाई क्याम्पसका सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।
Scroll to Top