KANYA CAMPUS POKHARA

कन्या क्याम्पस पोखरामा तिज गीत प्रतियोगिता तथा सम्मान कार्यक्रम

कन्या क्याम्पस पोखराले नेपालीहरुको महान पर्व तिजको अवसर पारेर अन्तर छात्रा समुह तिज गित प्रतियोगिता सम्पन्न गरेको छ । क्याम्पसका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष कृष्णमोहन श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरिदेवी कोइराला रहनुभएको थियो । सभाका अध्यक्ष कृष्णमोहन श्रेष्ठले छात्राहरुको प्रतिभा प्रस्फुटन देखेर निकै प्रभावित भएको बताउनुहुँदै आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम आयोजना गर्न समितिले पहल गर्ने बताए । प्रमुख अतिथी तथा प्राज्ञ कोइरालाले नेपालमा तिज मनाउनुको उद्धेश्य र महत्वको बारेमा जानकारी गराउनुहुँदै नेपाली लोक सष्कृतिको जगेर्ना गर्न सबैले पहल गर्नुपर्ने बताए । उक्त प्रतियोगितामा सहभागी समुह मध्ये बी.बी.एस चौथो बर्षका सोनु पाइजाको समुह प्रथम, बी.बी.एस तेस्रो बर्षका प्रतिक्षा ढकालको समुह द्धितिय, बी.एड. दोश्रो बर्षका कृतिका पराजुलीको समुह तृतिय र कक्षा १२ का नबिना अदै मगरको समुहले सान्त्वना स्थान हासिल गरेका थिए । सहभागि छात्राहरुले महिला हिंसा, बैदेशिक युवा पलायन, बेरोजगारी, दुव्र्यसन लगायतका बिषयमा गीत प्रस्तुत गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा क्याम्पसका उपप्राध्यापक लक्ष्मी सापकोटा, केशवशरण पराजुली र अर्चना यादव रहेका थिए । क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले स्वागत मन्तव्य राख्दै छात्राहरुको प्रतिभा प्रस्फुटन गराउन र छात्राहरु बिच तिजको महत्व बुझाउन कार्यक्रमको आयोजना गरिएको बताए । सोही अवसरमा क्याम्पसबाट स्नातक तह चौथो बर्षमा बी.बी.एस, बी.ए. र बी.एड पुरा गरेका छात्राहरुलाई सम्मान गरिएको थियो । क्याम्पसका व्यवस्थापन संकायका प्रमुख उपप्राध्यापक इन्द्रकमल मानन्धरले कार्यक्रम संचालन गरेका थिए । सोही अवसरमा छात्राहरुलाई दर खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।
Scroll to Top