कन्या क्याम्पस पोखरामा अभिभावक शिवराज पराजुलीको अध्यक्षतामा अभिभावक समिति पुनर्गठन
कन्या क्याम्पस पोखरामा अभिभावक शिवराज पराजुलीको अध्यक्षतामा अभिभावक समिति पुनर्गठन भएको छ । क्याम्पसका सञ्चालक समिति, प्राध्यापक, कर्मचारी तथा अभिभावकहरुको भेलाले सर्वसम्मत उक्त समिति गठन गरेको हो । समिति सचिवमा गोमा के सी, कोषाध्यक्षमा ओम बि.क., सदस्यहरुमा शारदा सुनार, तारा सुनार तुलसी आले र थम बहादुर पुन चयन भएका छन । निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिनुहुदै सञ्चालक समिति अध्यक्ष शिवलाल मल्लले क्याम्पसको गुणस्तर अभिवृद्धीमा अभिभावक समितिको महत्वपूर्ण भूमिका हुने अपेक्षा व्यक्त गरे । क्याम्पस सञ्चालक समिति सदस्य रबि बरालले अभिभावकहरु नै क्याम्पसको आधार रहेको बताए । क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले क्याम्पसको जानकारी प्रस्तुत गरेको उक्त कार्यक्रममा अतिरिक्त कृयाकलाप प्रमुख तथा भेला आयोजक समिति संयोजक अर्चना यादवले स्वागत मन्तव्य राखेका थिए । अभिभावकहरुले क्याम्पसको प्रशासनबाट खुशी रहेको विचार व्यक्त गर्दै थप गुणस्तर अभिवृद्धिका लागि सुझाव समेत पेश गरिएको उक्त कार्यक्रम सहायक क्याम्पस प्रमुख चित्र बहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।