KANYA CAMPUS POKHARA

कन्या क्याम्पसमा मनाइयो ३३औं वार्षिकोत्सव

पोखरा, २२ मंसिर । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेशको एकमात्र कन्याहरुको शिक्षामा समर्पित क्याम्पस, कन्या क्याम्पसको थप विकासका लागि प्रदेश सरकार साथमा रहेको बताएका छन् ।पोखरा ३ नदीपुरमा रहेको कन्या क्याम्पसको ३३ औं वर्षिक उत्सवलाई शनिबार संवोधन गर्दै प्रमुख अतिथि मन्त्री थापाले अहिलेको आवश्यक्ता सिपमूलक तथा प्रविधिधियुक्त शिक्षा भएकोले शैक्षिक प्रतिष्ठानहरुले यसतर्फ ध्यान दिन जरुरी भएको बताए ।अहिले कक्षा ११, १२ सकिने बित्तिकै विदेश जानेको लर्कोे लागिरहेको छ । यसलाई कम गर्न यहीं नै रोजगार सिर्जना हुने खालको शिक्षा तथा प्राविधिक शिक्षामा जोड दिनुपर्छ । यसो गर्न सकेको खण्डमा केहि हदसम्म यहाँको जनशक्ति रोक्न सकिन्छ ।प्रदेश सरकारले विभिन्न खालका सिपमूलक तालिम पनि आयोजना गरिरहेकोले शैक्षिक संस्थाहरुले आर्थिक उन्नयन हुने खालको शैक्षिक अभ्यासमा लाग्न सुझाए । तपाँईहरु आउनुस् सरकार र मेरो पहलले यो क्याम्पसको भौतिक सुधार वा आवश्यक योजनाहरुमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दछु ।कार्यक्रममा क्याम्पस प्रमुख शुरेस कुमार मानन्धरले वार्षिक प्रतिवेदन पेश गर्दै ३३ वर्ष अगाडी कन्याको शिक्षाको लागि स्थापित क्याम्पसले पछिल्लाे क्रममा झन् उत्कृष्ट नतिजा ल्याईरहेको बताए । हाम्रो तन, मन र धन कन्याको शिक्षामै केन्द्रित छ । क्याम्पस प्रमुख मानन्धरले भने, हामीले २०७८ फागुन १३ गते विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रमाणपत्र क्यूएए सर्टिफिकेट पाएका थियौं । त्रिविको नयाँ कार्यक्रम थप गर्ने सूचना प्राप्त भएको जनाउँदै छिट्टै यसको पनि टुंगो लाग्ने बताए ।छात्राहरुको शुल्कले मात्रै प्रदेशमै एउटा मानक बनिसकेको क्याम्पसको दीर्घजीनका लागि महत्वपूर्ण योगदान हुन सके ‘सुनमा सुगन्ध’ भने झैं हुने अपेक्षा व्यक्त गरे । कक्षा ११, १२ उतिर्ण हुने बित्तिकै विदेशीले क्रम बढेको र चुनौती खडा भएको परिस्थितिमा यहीं केहि गरिरहेका र गर्न चाहेकाहरुलाई सघाउन अनुरोध गरे ।क्याम्पस प्रमुख मानन्धरले हाल क्याम्पसमा कुल ६९८ जना विद्यार्थीले अध्ययन गरिरहेको बताए । यो संख्या अघिल्लो वर्ष ७२२ थियो । क्याम्पसमा बीबीएस, शिक्षाशास्त्र, बीआईएम, मानविकी, एमबीएसको पढाई हुँदै आईरहेको छ । अहिले बीआईएम आठौं सेमेस्टरका छात्राहरुले त्रिवि अन्तिम परिक्षामा ९५.२४ प्रतिशत छात्राहरु उतिर्ण भए । बीबीएस चौथो वर्षका ३१ छात्राहरुमा २३ जनाले राम्रो अंकमा उतिर्ण गरेर ७४.१९ प्रतिशत उतिर्ण हुन सफल भएको मानन्धरले जानकारी दिए ।क्याम्पसको समग्र अन्तिम नतिजाको मूल्यांकन गर्दा ५१.५७ प्रतिशत छात्राहरु उतिर्ण हुन सफल भएका छन् । उनका अनुसार ६० जना छात्राहरुका लागि पूर्ण तथा आंशिक गरेर रुपैयाँ ७ लाख ८१ हजार छात्रबृत्ति प्रदान गरिएको छ ।उनले क्याम्पसमा नयाँ प्राविधिक शिक्षा तथा बजारमुखि कार्यक्रम थप गर्न पहल गर्ने, क्यूएए नविकरणको पहल गर्ने, आम्दानी बढाउन आजीवन सदस्यहरुको संख्या बढाउने, कम्प्युटर तथा मन्टेसरी ल्याव स्थापना गर्ने, व्यावसायीक तालिम संचालन गर्ने, ई लाइब्रेरीको व्यवस्था, अक्षय कोष बृद्धि तथा शैक्षिक अभिबृद्धिका कार्यक्रमहरु गरिने योजना बनाएको बताए ।सो अवसरमा विद्यार्थीले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । साथै विभिन्न संकायमा सर्वाधिक अंक ल्याएर उतिर्ण भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरियो । २० वर्ष सेवा गरेका प्राध्यापक केशवसरण पराजुलीलाई दीर्घ सेवा सम्मान गरिएको थियो । यस्तै पिएचडि गरेका डा गणेशराज शर्मा र एमफिल गरेका भूमिराज पण्डितलाई सम्मान गरिएको थियो ।सो अवसरमा छात्रा कल्याण समितिकी अध्यक्ष ऐश्वर्य श्रेष्ठ, प्राध्यापक संघका सभापति दिननाथ अधिकारी, पव्लिक कलेज संघ गण्डकीका अध्यक्ष ऋषि बुढाथोकी, कन्या क्याम्पसका संस्थापक प्रमुख शुरेन्द्र भारीजु, सूर्याेदय क्लवका अध्यक्ष सदङ्ग घिमिरे लगायतले शुभकामना व्यक्त गरेका थिए ।यसअघि कार्यक्रममा सहभागि भएकाहरुलाई क्याम्पस संचालक समितिका उपाध्यक्ष कृष्णमोहन श्रेष्ठले स्वागत गरेका थिए । समितिका अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख चित्र श्रेष्ठले गरेका थिए ।
Scroll to Top