KANYA CAMPUS POKHARA

कन्या क्याम्पसमा अध्ययन कक्षा १२ को अन्तिम परीक्षामा उत्तिर्ण हुन सफल छात्राहरुलाई सम्मान तथा बधाइ कार्यक्रम

कन्या क्याम्पस पोखरामा अध्ययन गरेका कक्षा १२ को अन्तिम परीक्षामा उत्कृष्ट नतिजा सहित उत्तिर्ण हुन सफल छात्राहरुलाई सम्मान तथा बधाइ कार्यक्रम सम्पन्न भएको छ । छात्राहरुलाई उच्च शिक्षा अध्ययनका लागि मार्ग निर्देशन गर्ने उद्धेश्यले अभिमुखिकरण कार्यक्रम क्याम्पस व्यवस्थापन समिति सदस्य तथा गण्डकी आवासिय मा.वि.का पूर्व प्राचार्य रबि बरालले गर्नुभएको थियो । क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्राध्यापक संघका सभापति डा.भूमिराज बस्ताकोटी, छात्रा कल्याण समिति संयोजक ऐश्वर्या श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । कक्षा १२ का छात्राहरु हिरामति भण्डारी र रजनी नेपालीले कक्षा १२ को छात्राहरुको प्रतिनिधित्व गर्दै क्याम्पसमा अध्ययन गर्न पाएकोमा निकै खुशी लागेको अनुभव सुनाउदै उच्च शिक्षा पनि यसै क्याम्पसमा अध्ययन गर्ने विचार व्यक्त गरे । कार्यक्रम सहायक क्याम्पस प्रमुख चित्र बहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।
Scroll to Top