कन्या क्याम्पसका कक्षा १२ का छात्राहरुको विदाई कार्यक्रम
कन्या क्याम्पस पोखरामा कक्षा १२ अध्ययन पूरा गरेका छात्राहरुलाई आज एक कार्यक्रमबिच बिदाई गरिएको छ । कक्षा ११ का छात्रा बिनिता नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष कृष्णमोहन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । श्रेष्ठले छात्राहरुलाई नयाँ बर्षको शुभकामना व्यक्त गर्नुहुदै नजिकिदै गरेको अन्तिम परीक्षाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न कन्या क्याम्पसमा स्वागत गर्न आतुर रहेको बताउनुहुुँदै बिना तयारी बिदेशमा अध्ययन गर्न जाँदा धेरै व्यवधान हुने बारे सचेत हुन अनूरोध गरे । कार्यक्रमको दोश्रो सत्रको प्रमुख आतिथ्यता गर्नुहुँदै व्यवस्थापन समिति सदस्य रबि बरालले क्याम्पसको शैक्षिक प्रगतिलाई प्रचार गर्न आवश्यक रहेको बताए । क्याम्पसका सहायक क्याम्पस प्रमुख चित्र बहादुर श्रेष्ठ, प्राध्यापक संघका सभापति दिननाथ अधिकारी, कार्यक्रम संयोजक सहायक प्राध्यापक सुशान्त पराजुली, छात्रा कल्याण समितिका सहसंयोजक पूर्णिमा कोइराला लगायतका वक्ताहरुले छात्राहरुलाई शुभकामना मन्तव्य राखेका थिए । कन्या क्याम्पसमा कक्षा १२ पुरा गरेका छात्राहरु सबिना सुनार, रोज बराल र कविता बि.क.ले क्याम्पसको मर्यादित वातावरणबाट आफुहरु निकै खुशी रहेको बताउदै आगामी उच्च शिक्षा पनि क्याम्पसमा लिन चाहेको बताए । कार्यक्रमलाई कक्षा ११ का छात्रा व्दय लक्ष्मी छन्त्याल र सिर्जना राम्जालीले सञ्चालन गरेका थिए ।