KANYA CAMPUS POKHARA

“Qualitative Higher Education To The Girls In Respectable Academic Environment”

पोखरा महानगरपालिका वडा नं.३ कार्यालयले आज एक कार्यक्रमका बिच कन्या क्याम्पस पोखरालाई रु ४ लाख बराबरको साउण्ड सिस्टम र फर्निचर हस्तान्तरण गरेको छ । कार्यक्रममा सामग्री हस्तान्तरण गर्दै वडा नं. ३ का अध्यक्ष प्रकाशमान उदासले गण्डकी प्रदेशको एकमात्र नारी शिक्षामा समर्पित क्याम्पसको गुणस्तर अभिवृद्धि गर्न यस्तो सहयोग प्रदान गरेको बताए । कन्या क्याम्पस पोखराका सञ्चालक समिति अध्यक्ष योगेन्द्र प्रधानले वडाको सहयोगबाट छात्राहरुलाई अतिरिक्त कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने बताउदै व्यवस्थित सभाहल निर्माण गर्न समेत पहल भैरहेको बताए । कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले वडाबाट क्याम्पसले निरन्तर सहयोग प्राप्त भैरहेको बताउदै छात्राहरुका लागि सेनेटरी प्याड डिस्पोजल मेशिनको आवश्यकता भएकाले वडामा प्रस्ताबना पेश गरेको जानकारी गराए । वडासचिव चन्द्रावती वाग्लेले बिशेषगरी महिला शिक्षाको प्रवद्र्धनका लागि सबैको चासो रहनुपर्ने उल्लेख गरे । कार्यक्रममा प्राध्यापक संघका सभापति डा. भूमीराज बस्ताकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३ का जनप्रनिधी, क्याम्पस व्यवस्थापन समितिका सदस्य, प्राध्यापक, कर्मचारी, छात्रा कल्याण समितिका पदाधिकारी र छात्राहरूको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रम क्याम्पसका सहायक क्याम्पस प्रमुख चित्र बहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।

Scroll to Top