KANYA CAMPUS POKHARA

“Qualitative Higher Education To The Girls In Respectable Academic Environment”

कन्या क्याम्पस पोखरामा आज क्याम्पसको गुणस्तर अभिवृद्धिका बिषयमा सरोकारवालाहरुको बृहत भेला सम्पन्न भएको छ ।

कन्या क्याम्पस पोखरामा आज क्याम्पसको गुणस्तर अभिवृद्धिका बिषयमा सरोकारवालाहरुको बृहत भेला सम्पन्न भएको छ । क्याम्पस अवस्थित वडा नं. ३ का विभिन्न शैक्षिक संस्थाका प्रमुख, आमा समुह, विभिन्न क्लवहरु, सामाजिक संघसंस्था, वडा कार्यालय, पत्रकारहरु लगायत सामाजिक अभियन्ताहरु संग क्याम्पस सञ्चालक समिति, प्राध्यापक, कर्मचारी तथा छात्राहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । क्याम्पसका सञ्चालक समिति अध्यक्ष शीवलाल मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पसको अवस्था र भावी योजनाका वारेमा क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले जानकारी गराएका थिए । क्याम्पस प्राध्यापक संघका सभापति डा. भूमिराज बस्ताकोटीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा स्थानिय सरोकारवालाहरुले क्याम्पसको गुणस्तर अभिवृद्धिका लागि महत्वपूर्ण सुझाव तथा सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए । क्याम्पसका कर्मचारी निशा भण्डारीले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।

Scroll to Top