Tel: +977 061 522256, 583456 | Telephone Notice No: 1618061533456 | E-Mail: info@kanyacampus.edu.np
Affiliated To: NEB and TU    Webmail  
“Qualitative Higher Education To The Girls In Respectable Academic Environment”
Home › News

कन्या क्याम्पस पोखरामा प्राध्यापक र कर्मचारी सम्मान, बिदाई तथा स्वागत कार्यक्रम



नारी शिक्षामा समर्पित पोखराकै एक अग्रणी संस्था कन्या क्याम्पस पोखरामा शुक्रबार प्राध्यापक तथा कर्मचारीको सम्मान तथा बिदाई र स्नातक प्रथम बर्षका छात्राहरुको स्वागत कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रमुख तथा कार्यक्रमको अध्यक्ष सुरेस कुमार मानन्धरले क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चिततताको प्रमाणपत्र प्राप्त गरेकामा सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद दिनुहँुदै गुणस्तर शिक्षा प्रदान गर्न प्रतिवद्धता व्यक्त गरे । क्याम्पसको कार्यवाहक अध्यक्ष तथा प्रमुख अतिथी मदन शर्माले क्याम्पसको विकास र गुणस्तर अभिवृद्धिका लागि सञ्चालक समिति सदैव साथ रहने जनाए । क्याम्पसमा स्थापनाकालमा कबुलियतनामा गरि क्याम्पसको स्थापनमा सकृृय भूमिका खेल्नुुभएका निवर्तमान क्याम्पस प्रमुख एवं प्राध्यापक मेजरमान बज्राचार्य र प्रारम्भकालिन कर्मचारी गोबिन्द पराजुलीको अनिवार्य अवकास पश्चात् दोसल्ला, खादा, मायाको चिनो तथा सम्मानपत्र प्रदान गरि सम्मान तथा बिदाई गरिएको थियो । उक्त कार्यक्रममा क्याम्पसमा व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह प्रथम बर्षमा भर्ना भएका छात्राहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा प्राध्यापक संघका सभापति डा.भूमिराज बस्ताकोटीले स्वागत मन्तव्य राखेका थिए । बिदाई हुन लाग्नुभएका व्यक्तित्वहरूको क्याम्पस प्रतिको योगदान र उहाँहरूको जीवनीबारे उपप्राध्यापक बलराम भट्टराई र लेखा अधिकृत कृष्ण ताम्राकारले जानकारी गराएका थिए । कार्यक्रममा छात्रा कल्याण समितीकी सह संयोजक ऐश्वर्या श्रेष्ठले नव आगन्तुक छात्राहरूलाई स्वागत गर्दै उनिहरुको सर्वाङ्गीण बिकासको निम्ति कन्या क्याम्पस पोखरा उत्कृष्ट रोजाई रहेको बताए । नवआगन्तुक छात्राको तर्फबाट सन्ध्या भण्डारी र अनिषा अर्यालले आफ्नो उच्च शिक्षा पुरा गर्नको निम्ति कन्या क्याम्पस छनौट गरेको र क्याम्पसको शैक्षिक वातावरणबाट खुशी भएको बताए । विभिन्न छात्राहरुको प्रतिभा प्रस्फुटन समेत गरिएको उक्त कार्यक्रमको संचालन क्याम्पसका सहायक क्याम्पस प्रमुख चित्र बहादुर श्रेष्ठले गरेका थिए । २०४८ सालदेखि स्थापना भएको यस क्याम्पसमा हाल कक्षा ११, १२, स्नातक र स्नातकोत्तर गरी ७०० छात्राहरू अध्ययनरत छन् ।